site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परदेशी–२’को प्रिमियर प्रकाश सपूतको गृहजिल्लामा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी–२’को बागलुङमा प्रिमियर गरिएको छ । चलचित्रका शीर्ष अभिनेता प्रकाश सपूतको गृहजिल्लामा बागलुङमा शुक्रबार प्रिमियर गरिएको हो । 

प्रिमियरमा उपस्थित हुनेहरूले चलचित्रले नेपाली समाजको कथा भनेको प्रतिक्रिया दिएका छन् । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले परदेशको सपना देख्ने आम नेपालीको कथाले आफ्नो मन छोएको बताएको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
अभिनेता प्रकाश सपूतले आफ्नै जन्मठाउँमा जिल्लाबासीसँग बसेर चलचित्र हेरिरहँदा फरक अनुभूति भएको बताए । उनले चलचित्रमा आफ्नो इन्ट्री हुँदै गर्दा दर्शकबाट आएको ‘हुटिङ’ले पुराना दिन सम्झाएको बताए । 

अभिनेत्री केकी अधिकारीले राजधानीबाहिरको प्रियिमरमा सहभागी हुन पाउँदा फरक अनुभूति गरेको बताइन् । उनले प्रदर्शनको दुई साताअघि प्रिमियर हुँदै गर्दा ‘नर्भस’ महसुस भए पनि चलचित्र हेरिसकेपछि सबैको सकारात्मक प्रतिक्रियाले खुसी लागेको बताइन् । 

निर्देशक नारायण रायमाझीले चलचित्र दर्शकलाई मन छुने बनेको रहेछ भन्ने प्रिमियरपछि महसुस गरेको बताए । “आफ्नो चलचित्रलाई आफैले मूल्यांकन गर्न सकिँदैन । तर दर्शकको बीचमा बसेर चलचित्र हेरिरहँदा रमाइलो पनि उत्तिकै गर्नुभएको थियो,” उनले भने, “भावनामा पनि उत्तिकै डुब्नुभएको थियो । सबैलाई मन छुने चलचित्र बनेको रहेछ भन्ने महुुस भयो ।” 

असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले युवापुस्तामा बढ्दो विदेश मोहको कथा भन्छ । चलचित्रमा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय छ । 

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्र राजेश बंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा निर्माण गरेका हुन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro