बाह्रखरी फोटो
![एमाले वाग्मती अधिवेशन (फोटो फिचर)](https://12khari.top/uploads/posts/cover-1695976407.jpg)
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनअन्तर्गत मतदान सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १ बजेबाट मतदान सुरु भएको हो । जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान सुरु भएको हो ।
सुरुमा अध्यक्षका उमेदवारद्वयले मतदान गरेका छन् । मतदान गर्न एकजनालाई १५ मिनेट जति लाग्ने नेताहरूले बताएका छन् । मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो ।
एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लाइनमा बसेका छन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १४:१६
प्रतिक्रिया दिनुहोस्