site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मती अधिवेशन : सुरुमा अध्यक्षका उमेदवारद्वयले गरे मतदान

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनअन्तर्गत मतदान सुरु भएको छ ।  

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १ बजेबाट मतदान सुरु भएको हो । जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियामा गएको हो । 

सुरुमा अध्यक्षका उमेदवारद्वय  कैलाश ढुंगेल र कृष्ण दाहालले मतदान गरेका छन् । मतदान गर्न एकजनालाई १५ मिनेट जति लाग्ने नेताहरूले बताएका छन् ।  मतदान गर्न दाहाललाई १२ र ढुंगेललाई १५ मिनेट लागेको थियो । 

एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । मतदानका लागि प्रतिनिधिहरू कुपन लिएर लामबद्ध भएका छन् । 

निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । 

असोज ८ गतेबाट जारी अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी छान्नेछ । वाग्मतीमा एक हजार १६४ प्रतिनिधिले मतदान गर्नेछन् ।

उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद  खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन् ।

सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उमेदवारी दिएका छन् । 

दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्गबहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्तकुमारी लामा र रिता गौतम ढकाल छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro