site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ठूला दललाई रवि लामिछानेको चेतावनी– चार वर्षअघि नै घण्टी बजाएको छु, एउटा सटर बन्द हुने नै छ 

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले ठूला दलले मिसन ०८४ गरेको पटक्कै नसुहाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ठूला दललाई अहिले नै काम गर्ने समय भएको र चार चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने बताएका हुन् ।

“जनताले तपाईंहरुलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । चार वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ । तपाईंहरु चार चार वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । चार वर्षअघि नै एडभान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला ।”
 

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्