site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब दैनिक २० किलोसम्म सुन ल्याउन पाइने, कुनै दिन कम भए अर्काे दिन थपेर ल्याउन सकिने

काठमाडौ । नेपाल राष्ट्र बैंकले हाल दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो ।

दैनिक तोकिएको कोटा अनुसार सुन नआएमा त्यही महिनाको कुनै दिन दैनिक तोकिएको कोटामा थप गरी सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । 

Dabur Nepal
NIC Asia

तर, कुनै एक महिनाको कुनै दिन आयात नभएको सुन अर्काे महिनामा आयात गर्न भने नपाइने व्यवस्था गरिएको छ । 

"व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्काै महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरूमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन," सर्कुलरमा भनिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा विदेशी विनिमय सञ्चिति घट्न नदिन राष्ट्र बैंकले सुनको कोटा घटाएको थियो ।

हेर्नुहोस् सर्कुलर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro