अर्थ व्यवसाय
-1695819387.jpg)
काठमाडौं । गरिमा विकास बैंकका ग्रहकहरूले आफ्ना ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ सुचारु गर्न मिल्ने व्यवस्था गरेको छ । हाल रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका बैंकका ग्राहकले यो सेवा लिन सक्ने बैंकले बताएको छ ।
नेपालस्थित आफ्नो बैंक खाताको कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिति रहेको अवस्थामा बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरूको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको हो ।
अब विदेशमा बसेर पनि मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजातहरु पूरा गरी सेवा लिन सक्नेछन् ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्