site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक र अर्धशतक बनाउने खेलाडी बने कुशल र दीपेन्द्र

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक र अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।

यी दुईले यो कीर्तिमान बुधबार चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध बनाएका हुन् । 

कुशल सबैभन्दा छिटो शतक बनाउने र दीपेन्द्र सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । 

कुशलले मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरे । यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए । 

यस्तै, सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका दीपेन्द्रले मंगोलियाविरुद्ध नौ बलमै ५० रन पूरा गरेका थिए । नेपालले मंगोलियाविरुद्ध ३१४ रनको योगफल खडा गरेको छ । 

यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको अहिलेसम्मकै उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाउनु नै ट्वान्टी–२० क्रिकेटको उच्च योगफल थियो । 

मंगोलियाविरुद्ध नेपालका कुशलले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाए । नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो नै उच्च स्कोर हो । यस्तै, दीपेन्द्रले १० बलमा आठ छक्कासहित ५२ रन बनाए । 

नेपालले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याइरहेको मंगोलियाले पाँच ओभरको खेल समाप्त हुँदा तीन विकेट गुमाएर १९ रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro