site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालले कोरिया उडानको अनुमति नपाएपछि जवाफमा कोरियन एयरको उडान रोक्ने तयारी !
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान रोक्ने चेतावनी दिएको छ । कोरियन उड्डयन निकायले लामो समयदेखि नेपाली वायुसेवा कम्पनीलाई उडान अनुमति नदिएपछि प्राधिकरणले जवाफी कदम चाल्न लागेको हो ।

नेपाल र कोरियाबीच सन् २००१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । त्यसपछि नेपाल–कोरिया सिधा उडान सुरु भयो । पछि सन् २००४ मा पुनः सम्झौता भयो । द्विपक्षीय सम्झौता अनुसार दुवै देशको वायुसेवा कम्पनीले उडान अनुमति पाउनुपर्ने थियो । 

सम्झौता अनुसार एउटा देशले सिफारिस गरेको एयरलाइन्सलाई अर्काे देशले उडान अनुमति दिनुपर्छ । त्यहीअनुसार कोरियन उड्डयन निकायले ‘कोरियन एयरलाइन्स’ र ‘एसियाना एयरलाइन्स’को नाम पठायो । एसियाना एयरलाइन्सले फ्लाइट इस्यू नै गरेन । कोरियन एयरलाइन्सले नेपालबाट उडानको अनुमति पायो ।

Agni Group

कोरियन एयरलाइन्सले हाल नेपाल–कोरिया उडान गर्दै आएको छ । कोरियन एयरलाइन्सले अहिले सातामा चारवटा उडान गर्छ ।

सम्झौता अनुसार प्राधिकरणले काठमाडौं–कोरिया उडानका लागि नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन कोरियन उड्डयन निकायलाई सिफारिस गर्‍यो । तर, कोरियाले अहिलेसम्म नेपाल एयरलाइन्सलाई अनुमति दिएको छैन ।

Global Ime bank

सम्झौता अनुसार चारवटा नेपालबाट र चारवटा कोरियाबाट उडान गर्न पाइन्छ ।

कोरियाको उड्डयन निकायले भने विभिन्न बाहना देखाएर नेपाली वायुसेवा कम्पनीलाई उडानको अनुमति दिन आनाकानी गर्दै आएको छ । कोरियाले नेपाल एयरलाइन्सको अडिट गरेरमात्र उडान अनुमति दिने अडान लिएको छ ।

तर, नेपाली अधिकारीहरूको बुझाइमा आफ्नो वायुसेवा कम्पनीलाई पोस्नकै लागि कोरियाले नेपाल एयरलाइन्सलाई लामो समय भइसक्दा पनि उडान अनुमति नदिएको हो ।

“कहिले के पुगेन, कहिले कम्पनी, क्यानको अडिट गर्नुपर्छ भनेर विभिन्न बाहना गरिरहेका छ । यस्तै बाहना बनाएर उडान अनुमति दिनका लागि आलटाल गर्दै आइरहेको छ,” प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, “जुन कुरा दुई देशबीचको कूटनीटिक सम्बन्ध र हवाई सम्झौताको प्रावधानविपरीत छ । त्यसैले कोरियाको उडान रोक्ने तयारी गरेको हो ।”

प्राधिकरणले आगामी २९ अक्टुबरदेखि नयाँ तालिका लागु गर्दै छ । प्राधिकरणले आइतबार नै कोरियन एयरलाइन्सलाई सूचना पठाउँदै विन्टर सिजनका लागि टिकट बिक्री नगर्न आग्रह गरिसकेको छ । 

“द्विपक्षीय हवाई सम्झौता अनुसार पारस्परिकता र समानतामा आधारित हुन्छ । सोहीअनुसार नहुने हो भने तिमीहरूको उडान नहुन सक्छ भनेर हामीले सूचना पठाएका छौँ,” भुलले भने, “विन्टर सिजनका लागि टिकट बिक्री नगर्न समेत पत्राचार गर्छौं ।”

कोरियन एयरलाइन्ससँग प्रतिस्पर्धी कम्पनी नहुँदा उसले मनपरी भाडा असुल गर्दै आएको छ । जसले गर्दा श्रम स्वीकृति लिएर कोरिया जाने यात्रुहरू चर्काे हवाई भाडा तिर्दै आएका छन् । दुई कम्पनीबीच प्रतिस्पर्धा हुँदा हवाई टिकट सस्तो हुने प्राधिकरणको विश्वास छ । 

कोरियन उड्डयन निकाले इन्टरनेसनल सिभिल एभिएयन अर्गनाइजेसन (आईकाओ) को अडिट मान्दैन भन्नु नेपाली वायुसेवा कम्पनीलाई उडानमा अनुमति नदिने बाहना भएको प्राधिकरण एक अधिकारी बताउँछन् । 

“हामी दुवै इन्टरनेसनल सिभिल एभिएयन अर्गनाइजेसन (आईकाओ) को सदस्य हौँ । त्यसले हामीले आईकाओको अडिटलाई विश्वास गर्नुपर्छ,” ती कर्मचारीले भने, “त्यो भन्दा थप अडिट आवश्यक परेमा दुई देशको सहमतिमा गर्ने हो ।”

नेपाल एयरलाइन्सले अनुमति पाए उडान नियमित हुने सहप्रवक्ता भुलले बताए । 

“उनीहरूको कुनै प्रतिक्रिया आयो वा नेपाल एयरलाइन्सले उडान अनुमति पायो भने नरोकिन सक्छ,” भुलले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu