site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाफिजले भन्यो– पत्रकार धामीमाथिको आक्रमणले राजधानीमै सञ्चारकर्मी असुरक्षित
आक्रमणमा परेका पत्रकार धामी । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सदस्य तथा रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि सोमबार सांघातिक आक्रमण भएपछि नाफिजले सरकारको ध्यानाकर्षण गराएको छ ।

पत्रकार धामीप्रतिको आक्रमणले सम्पूर्ण पत्रकारहरूले असुरक्षित महसुस गरेको भन्दै नाफिजले त्यसप्रति सरकार जिम्मेवार हुनुपर्ने सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

“रातोपाटी डटकमको कार्यालयनजिकै पुल्चोकमा उनीमाथि सोमबार दिउँसो अज्ञात समूहबाट आक्रमण भएको घटनाले सम्पूर्ण नाफिज परिवारलाई दुःखी बनाएको छ । समाचार लेखेको कारण यसअघि पटक–पटक आक्रमणको धम्की खेपिरहेका धामीमाथिको आजको आक्रमणले राजधानीमै सञ्चारकर्मीहरु असुरक्षित रहेको भान हामीलाई भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि, धामीलाई समाचार लेखेकै कारण धम्की दिइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro