site stats
बाह्रखरी :: Baahrakhari
देश
जबरजस्ती र सामूहिक करणीका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
प्रतीकात्मक तस्बिर।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जबरजस्ती र सामूहिक करणीका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर ८ गौरीगंजका ५८ वर्षीय अमरेश कडेल रहेका छन् ।

उनीविरुद्ध जबरजस्ती करणीमा पाँच वर्ष र सामूहिक करणीमा पाँच वर्ष कैद फैसला भएको छ । उनलाई ललितपुर जिल्ला अदालतले नाबालिकामाथि जबरजस्ती र सामूहिक करणी अभियोगमा सजाय सुनाएको हो ।

कडेलसहितको समूहले २०६४ पुस ५ गते साँझ साढे ९ बजेको समयमा मादक पदार्थ सेवन गरी तत्कालीन ठैव गाविस ८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा सजाय पाएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्