site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय सदस्यको प्रस्ताव : दुई महिनामा केन्द्रीय समिति व्यावहारिक भएन, विधान सच्याऔँ 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले नै दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने विधानको व्यवस्था अव्यावहारिक भएको भन्दै विधान सच्याउन माग गरेका छन् । 

केन्द्रीय समितिको बैठक एक वर्षमा गत साउनमा बसेर पुनः दुई महिनामा पहिलोपटक बसेकोमा केन्द्रीय सदस्यहरूले नियमित बैठकको सान्दर्भिकतामा प्रश्न उठाएका हुन् । 

“सभापतिज्यू हाम्रो विधानले त दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था गरेको छ । तर, यो व्यवस्था व्यावहारिक छैन,”  केन्द्रीय सदस्य डा. नारायण खड्काले भने, “काठमाडौं बस्नेहरूका लागि त ठिकै हो । काठमाडौं बाहिर बस्नेहरूका लागि हवाई टिकटसहितको खर्चका हिसाबले यो व्यावहारिक छैन । विधानको व्यवस्था संशोधन गरी वर्षमा तीन वा चारवटा मात्र बैठक बस्ने व्यवस्था गर्न जरुरी छ । 

बैठकमा अर्का केन्द्रीय सदस्य रमेश रिजालले पनि दुई–दुई महिनामा बैठक बस्ने कुरा व्यावहारिक नभएको बताए । बैठकका लागि एजेण्डासमेत नराखी बैठक बस्नुपरेको भन्दै बिना एजेण्डाका बैठकको अर्थ नहुने उनको भनाइ थियो ।

“सभापतिज्यू यो दुई–दुई महिनामा बैठक बस्ने कुरा व्यावहारिक भएन । बिना एजेण्डामा बस्ने बैठक र यसमा हुने छलफलको अर्थ हुँदैन,” रिजालले भने, “अब विधान नै संशोधन गर्नुपर्छ भनेपनि गरौँ । आवश्यक परे जहिले पनि केन्द्रीय समिति बैठक बस्न सकिन्छ ।”

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro