site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहत शिक्षकका मागमा सरकार सहमत नभएकै हो : शिक्षक संघ 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल शिक्षक संघले राहत शिक्षकका विषयमा सरकार सहमत नभएको भन्दै सबै शिक्षकलाई कार्यक्षेत्रमा फर्किन आग्रह गरेको छ । 

संघले विज्ञप्ति जारी गर्दै आन्दोलनमा होमिएका सबै शिक्षकलाई अब आ–आफ्नो कार्यक्षेत्रमा फर्किइ क्रियाशील भएर काम गर्न अनुरोध गरेको हो । 

राहत शिक्षकका मागहरूमा भने सरकारलाई सहमत गराउन नसकिएको संघले बताएको छ ।  

“राहत कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी कार्यरत शिक्षकहरूको शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने विषयमा सरकार सहमत नभएकै हो, तर यी मागहरूसहित थप उपलब्धिका लागि नेपाल शिक्षक संघ सदैव कृत संकल्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ” विज्ञप्तिमा भनिएको छ । 

तीनदिने काठमाडौं केन्द्रित आन्दोलन सफल भएको संघको ठहर छ । 

sik-1-1695622465.jpg

sik-2-1695622465.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro