site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
उपन्यास ‘मनु’, कार्टुनिष्ट वात्स्यायन र शिक्षाविद् शर्मालाई पद्मश्री साहित्य पुरस्कार
Ghorahi CementGhorahi Cement

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई दिने निर्णय गरेको छ । प्रतिष्ठानले ‘पद्मश्री साधना सम्मान’ २०को दशकदेखि चित्रकला र कार्टुनकला क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई दिने गर्ने निर्णय गरेको छ । 

गत वर्षदेखि सुरु गरिएको ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष शिक्षाका क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको  छ ।

Agni Group

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार उपन्यास ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास भएको उल्लेख छ ।  २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

यसअघि प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा १५ र दोस्रो चरण (संक्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो । 

Global Ime bank

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार, तीनवटा कै राशी तीन लाख रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । 

Lamichhane-PR-6.8-1695609551.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu