अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का दुई महिनामा देशको व्यापार घाटा *दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
भन्सार विभागका अनुसार भदौ मसान्तसम्म गत आर्थिक वर्षको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्म दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो ।
चालु आर्थिक वर्षको भदौसम्म दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको आयात भएको छ । उक्त अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको निर्यात भएको छ ।
*दुई खर्ब ३३ अर्ब ३० करोड हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १४:४०
प्रतिक्रिया दिनुहोस्