site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले आइतबार एक कार्यक्रमबीच खेलाडीहरूलाई बिदाइ गरेका हुन् । 

नेपालले यही असोज १० (२७ सेप्टेम्बर)मा मंगोलिया र असोज १४ (१ अक्टोबर)मा माल्दिभ्ससँग खेल्नेछ । 

Dabur Nepal
NIC Asia

नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ । 

बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताए । उनले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए । 

उनले भने, “राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरू तयार छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।”

खेलाडीहरूलाई बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी, मनोबल कमजोर नहुनेगरी आफूहरू लाग्ने बताए । 

उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए । 

उनले भने, “पहिलाको भन्दा उत्कृष्ट रूपमा यो कार्य समितिले यहाँहरूको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौँ । एसियाडको अग्रिम शुभकामना छ । हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ । यसमा सम्भवना छ । नेपालको शिर उच्च हुनेगरी खेलिरहनुभएको छ । ”

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro