site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अबको तीन महिनामा घरेलु क्रिकेट संरचनालाई बदल्नुपर्नेछ : अध्यक्ष चन्द

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)को निर्विरोध अध्यक्ष चयन भएका चतुरबहादुर चन्दले आफ्नो यो कार्यकालको तीन महिनाभित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पु¥याउनुपर्ने चुनौती रहेको भन्दै उनले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

“पहिलो तीन महिनाभित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौँ । अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ,” उनले भने, “त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुछ । र, सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।”

उनले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिवद्धता उनले जनाए ।

चन्द शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् । शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भए । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भए ।

सचिवमा भने नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro