site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
पार्टी नेतृत्वमा फर्किने/नफर्किने ‘जोखना’ हेर्दै विद्या भण्डारी ! 
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा आउने/नआउने ‘मुख’ खोलेकी छैनन् । तर, ११ औं महाधिवेशनमा नेतृत्वको दाबी गर्न आउने गरी ‘लबिङ’ भने गरिरहेको नेकपा एमालेका नेताहरू स्वीकार गर्छन् । पार्टीमा भण्डारीको ‘पुनरागमन’ आकांक्षाले तरंग पैदा गरेको छ । 

एमालेका एक सचिवालय सदस्य पार्टी राजनीतिमा फर्किन विद्याले ‘जोखना हेरिरहेको’ टिप्पणी गर्छन् । राजनीतिक वृत्तमा टीकाटिप्पणी भइरहँदा पार्टीमा नफर्कने भए त्यसको प्रष्टिकरण आइसक्ने एमालेका ती नेताको तर्क छ । “उहाँले सार्वजनिक रूपमा आउँछु त भन्नुभएको छैन । तर, आउँदिन पनि भन्नु भएको छैन,” ती नेता भन्छन्, “राजनीतिमा फर्कने चाहना नभए प्रश्न उठेपछि प्रतिवाद गर्नुपथ्र्यो । विज्ञप्ति निकालिसक्नुहुन्थ्यो ।”

केही नेतामार्फत् पूर्व राष्ट्रपतिले त्यसको सन्देश प्रवाह गरेको र जनमानसको प्रतिक्रिया बुझ्न खोजेको ती नेताको आँकलन छ । “उहाँले पोखरीमा ढुंगा फालिसक्नुभयो । कस्तो प्रतिक्रिया आउँछ भन्ने बुझ्न खोज्नु भएको हो । परिस्थिति कस्तो बन्छ, त्यही अनुसार निर्णय लिने गरी जोखना हेरिरहेको जस्तो देखिन्छ,” ती नेताको विश्लेषण छ ।
 
चीन भ्रमणबाट फर्किएपछि केही दिनअघि मात्रै एमाले महासचिव शंकर पोखरेलले भण्डारीलाई भेटे । पोखरेलले विद्यासँग भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । महासचिवको भेटलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । 

Agni Group

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम व्यक्तिगत भेटलाई ठूलो विषय बनाउन आवश्यक नरहेको बताउँछन् । दुई पटक पार्टीको उपाध्यक्ष र राष्ट्रपति भइसकेको व्यक्तिलाई भेट्नु स्वभाविक भएको उनको भनाइ छ । “उहाँ दुईपटक पार्टीको उपाध्यक्ष हुनुभएको थियो । पूर्वराष्ट्रपतिसँगको व्यक्तिगत भेटलाई इस्यू बनाउन आवश्यक छैन,” उनी भन्छन् ।

भण्डारीको सचिवालयका अनुसार उनी पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटमा व्यस्त छिन् । राष्ट्रपति हुँदा अघि बढाएका कार्यक्रम पूरा गर्न उनको अग्रसरता छ । नेताहरूको व्यक्तिगत भेटलाई ‘इस्यू’ नबनाउन यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै आह्वान गरिसकेका छन् । 

Global Ime bank

राष्ट्रपतिमा बहाल रहँदा नै उनी एमालेमा फर्कने चर्चा नचलेको होइन । उनले सरकारी निवास नरोजेपछि नै उनी एमालेको राजनीतिमा फर्कने कुरालाई बल मिलेको नेताहरूको तर्क छ । राष्ट्रपतिको सात वर्षे कार्यकाल पूरा गरेपछि उनले सरकारी निवास रोजिनन् । प्रथम महिला राष्ट्रपति भण्डारीले आफ्नै घरमा रहने इच्छा राखिन् । बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित चपलीमा घर बनाइयो ।

०७९ फागुन २९ गते शीतलनिवासबाट बिदाइ हुँदा निवास निर्माणको काम सम्पन्न भएको थिएन । उनी महाराजगञ्जस्थित छोरीको घरमा बसेकी थिइन् । 

जेठ ३१ बाट उनी आफ्नै घरमा बस्न थालेकी हुन् ।  शीतलनिवासमै रहँदा उनका क्रियाकलाप नजिकबाट नियाल्नेहरू भन्ने गर्थे– उनमा राजनीतिको हुटहुटी छ । पार्टी हाँक्ने चाहना छ ।

पार्टीका नेताहरू भण्डारी आफैँले नबोल्दासम्म यो विषयमा बहस गर्नुको औचित्य नरहने बताउँछन् । “उहाँ आफैँले फैसला गर्ने कुरा हो । संवैधानिक हैसियत प्राप्त गरेर उहाँ बस्नु भएको छ । राजनीतिमा क्रियाशील हुने अथवा नहुने स्वयंले निर्णय गर्ने कुरा हो,” प्रचार विभाग प्रमुख गौतम भन्छन्, “उहाँले निर्णय गरेपछि पार्टीले के भन्छ भन्ने कुरा हो । उहाँको कुरा नआई यसको चर्चा गर्न आवश्यक छैन ।” 

गौतम भने भण्डारीले राजनीतिमा आउने आशय प्रकट गरेको देख्दैनन् । “उहाँले राजनीतिमा क्रियाशील हुने कुनै आशय देखाउनुभएको छैन,” उनी भन्छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भण्डारीको आगमनको विषयलाई चारवटा पक्षमा केलाउँछन् । पहिलो– संवैधानिक व्यवस्था, दोस्रो– पार्टीको विधान, तेस्रो– अन्तर्राष्ट्रिय अभ्यास र चौथो– व्यक्तिको चाहना छ कि छैन । 

पूर्वराष्ट्रपति भइसकेकाले आउँदा के हुन्छ र नआउँदा के हुन्छ भन्ने पहिलो निर्णय भण्डारी स्वयंले गर्नुपर्ने उनको धारणा छ । “उहाँ आउन चाहे संविधानले रोकेको छैन । पार्टीको विधानले यस्तो आउन नपाउने भनेको छैन । अन्तर्राष्ट्रिय रूपमा कतै यो  अभ्यास भएको छ भने कतै छैन,” उनी भन्छन्, “उहाँको व्यक्तिगत चाहना के हो बुझ्नुपर्छ । अरुले आउनु/नआउनु भनेर हुँदैन ।” 

हिजो पार्टीमा काम गरेकाले आज पुनः राजनीतिमा फर्कन्छु भने कसैले रोक्न नसक्ने पोखरेलको भनाइ छ । सम्मानित पदमा बसिसकेकाले आउँदिन भन्ने विषय पनि भण्डारीमा नै निहीत रहेको उनी देख्छन् । “हिजो पार्टीमा नै थिएँ आज पनि पार्टीमै रहेर  काम गर्छु भन्नुभयो भने कसैले खबरदार भन्ने कुरा आउँछ र ?,” पोखरेलले बाह्रखरीसँग भने । 
 
विद्याको आगमनबारे ओलीको बोली 
एमाले अध्यक्ष ओलीले विद्याको आगमनबारे साउन २८ गते पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीलाई नेताहरूले भेटेको कुरा निकालेर पार्टीमा विवाद सिर्जना गरेको भन्दै आपत्ति जनाएका थिए । उनी विद्याको आगमनको कुरामा त्यति सन्तुष्ट देखिएनन् । साउन २९ गतेको सचिवालय बैठकमा उनले विद्या आउने कुरालाई निषेध गर्ने खालको अभिव्यक्ति दिएको नेताहरू सुनाउँछन् । उनले विद्याबारे सार्वजनिक बोल्ने नेतालाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । 

तर, ओलीले बोली फेरे । भदौ १० गते विराटनगरमा आयोजित कार्यक्रममा उनले भण्डारीलाई स्वागत गर्न तयार रहेको सुनाए । उनले पार्टीमा सक्रिय हुने भए आउने कुरा स्पष्ट गर्नुपर्ने पनि बताएका थिए । “पार्टी काममा सक्रिय हुने चाहना देखाए उहाँलाई हामी निषेध गर्दैनौं । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । तर, उहाँ आउँछु त भन्नुपर्‍यो, उहाँलाई सधैँ वेलकम छ,” ओलीले भनेका थिए, “उहाँले राजनीति गर्छुभन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ?” 

निकट नेताहरूका अनुसार उनी भण्डारी राजनीतिमा आउने कुरामा सन्तुष्ट छैनन् । ओलीले संवैधानिक हैसियत प्राप्त गरिसकेको व्यक्ति नर्फंदा नै उचित हुने सन्देश दिइसकेका छन् । 

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । त्यस्तै २०७४ फागुन २९ गते दोस्रो कार्यकालमा निर्वाचित भइन् । राष्ट्रपतिको कार्यकाल पनि विवादित नै रह्यो । राष्ट्रपतिमा पार्टीको छाया देखिएको भन्दै आलोचना बेहोरिन् । उनले तत्कालीन नेकपाको किचलोमा समन्वयकारी भूमिका निर्वाह गरिन् । 

नेकपा विवादमा तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिमा मध्यस्थता निर्वाह गरेकी थिइन् । नेकपाको विवाद उत्कर्षमा पुग्दा दोस्रो तहका नेताहरूलाई बोलाएर विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको निर्णय तत्काल सदर गरेपछि झनै आलोचना बेहोर्नुपरेको थियो । विभिन्न नियुक्तिहरूमा आफ्ना आसेपासेका लागि दबाब दिएर शीतलनिवासबाटै गुट चलाएको आरोप उनलाई लागेको थियो । 

अहिले मदन भण्डारी फाउन्डेसनलाई सक्रिय बनाएर गुट मलजलमा लागिरहेको आरोप उनले खेपिरहनु परेको छ । राष्ट्रपति भए पनि पार्टी नेतृत्वमा आउन संविधानले रोकेको छैन । यसअघि नै विवादमा मुछिएकी भण्डारी अहिले विवादित बन्न चाहेकी छैनन् । ११ औं महाधिवेशनमा सर्वसम्मत हुने अवस्था बनेमात्रै उनी आउने उनी निकट नेताहरू बताउँछन् ।

अध्यक्ष केपी शर्मा ओलीले ११ औंं महाधिवेशनमा आफैँ अध्यक्ष बन्ने चाहना राखे भण्डारी प्रतिस्पर्धामा भने नउत्रिने उनी निकटस्थहरू बताउँछन् । औपचारिक रूपमा बोल्न नचाहने ती नेताहरूका अनुसार विद्या उपयुक्त परिस्थितिको प्रतिक्षामा छिन् । 

विश्लेषक भन्छन्– विद्याको चाहना र सम्भावना छ 
राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं पार्टीभित्र अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट पक्ष रहेको बताउँछन् । त्यो पक्षले पार्टीमा नयाँपन चाहिरहेको छ । तर, पार्टीलाई नेताहरूको जुधाईले क्षति पुग्छ भन्ने चिन्तामा केही एमाले नेता कार्यकर्ता रहेको उनी बताउँछन् ।

चापागाईं कम्युनिस्टहरूको एकताका लागि उपयुक्त पात्र भण्डारी हुन सक्ने देख्छन् । “वामपन्थीहरू एकतामा आउन चाहन्छन् । वामपन्थी फुटे भने सत्तामा आउन सहज छैन । उनीहरू एक ठाउँमा आउन ओलीको नेतृत्वमा सहज छैन,” चापागाईंको विश्लेषण छ, “त्यसैले ११ औं महाधिवेशनमा विद्यालाई अघि बढाउँन खोजेको देखिन्छ ।”
 
राष्ट्रपति भइसकेपछि अब पार्टीको अध्यक्ष हुने हुटहुटी विद्यामा देखिएको उनको बुझाइ छ । तर, पहिले अध्यक्ष ओलीले राष्ट्रपति बनाइदिएकाले उनको पदमा दाबी गर्न भण्डारीलाई सहज छैन । “उहाँले बोल्न हतार गर्नुभएको छैन । केपी ओलीले दुई पटक राष्ट्रपति बनाइदिनुभयो । त्यसैले उहाँले प्रत्यक्ष भनिहाल्न सक्नु भएको छैन,” उनले बाह्रखरीसँग भने, “उहाँको चाहना अनुसार केही भित्री अभ्यास भने भएको छ ।”  

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको टकरावले पनि भण्डारीलाई अघि बढ्न बाटो निर्माण हुने सम्भावना रहेको उनी औल्याउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu