site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आँखा स्वास्थ्यसम्बन्धी टिकटक बनाउँदा ५० हजार पुरस्कार पाइने

काठमाडौं । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । 

आउँदो असोज २५ गते परेको विश्व दृष्टि दिवसको अवसरमा संघले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिने संघले जनाएको छ । प्रतियोगिताले आँखा स्वास्थमा केन्द्रित भइ जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ ।

भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने सामाजिक सद्भावमा खलल पार्ने तथा समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेश गर्न पाइने छैन ।

प्रतियोगीले असोज २३ गते बेलुका ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् । विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुकमार्फत गराइने संघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro