site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लाइभ रोकेर केहीबेर सञ्चालनपछि रोकियो कांग्रेस केन्द्रीय समिति बैठक
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक झन्डै डेढ घण्टा ढिलो सुरु भएको थियो ।

चिया ब्रेकअघिसम्म बैठकलाई पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको कांग्रेसले चिया ब्रेकपछि भने लाइभ गरिएन । त्यसपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

Agni Group

भोलिको बैठक लाइभ हुने/नहुनेबारे जानकारी गराइएको छैन । 

आज सुरुमा सभापति शेरबहादुर देउवा बोलेर आठ नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिएका थिए । उनले अझै धेरैजना महत्त्वपूर्ण व्यक्तिहरू छुटेको भन्दै केन्द्रीय समितिमा ल्याउन नसकेकाहरूलाई महासमितिमा मनोनीत गर्ने बताएका थिए ।

Global Ime bank

उनीपछि महामन्त्री गगन थापाले अघिल्लो बैठकले गरेका निर्णय कार्यान्वयनको प्रगतिविवरण र तत्कालीन योजनाहरू प्रस्तुत गरेका थिए । महामन्त्रीपछि सात प्रदेशमा प्रदेश सभापतिहरू, उपसभापति पूर्णहादुर खड्कासहितले आफ्नो धारणा राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu