site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय सदस्य मनोनीत भएपछि कांग्रेस कार्यालय पुगे चन्द्र भण्डारी 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै चन्द्र भण्डारी सानेपा पुगेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले भण्डारीलाई बिहीबार नै केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । 

केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी केन्द्रीय समिति बैठक सुरु हुने समयमा मात्र गराए पनि भण्डारी भने केन्द्रीय समिति बैठकमा सहभागी हुने तयारीसहित सानेपामा पुगेका थिए ।  

Agni Group

१४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उपसभापतिमा चुनाव लडेका भण्डारी पराजित भएका थिए । शेखर समूहबाट भण्डारी र धनराज गुरुङ तथा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदार उपसभापतिमा चुनाव लडेका थिए । दुवै समूहबाट एक–एक जना उपसभापति निर्वाचित हुँदा दुवै तर्फका  एक–एक जना पराजित भएका थिए । 

शेखर समूहबाट भण्डारी पराजित भए भने देउवा समूहबाट गच्छदार पराजित भएका थिए । उपसभापति पराजित भएपछि कार्यालयमा नदेखिएको भण्डारी गत फागुन–४ गते घरमै ग्याँस सिलिण्डर विस्फोट हुँदा जलेर घाइते भएका थिए । 

Global Ime bank

त्यही घटनामा आमा गुमाएका भण्डारी मुम्बइस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर फर्किएपछि राजनीतिमा संसद्बाट सक्रियता सुरु गरेका थिए । डाक्टरले अझै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिए पनि भण्डारी भने विस्तारै राजनीतिक सक्रियता देखाउन थालिसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu