site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहायक रथीको विशेष पदमा यमबहादुर अधिकारीको दोस्रो पटक पदावधि थप 

काठमाडौं । सरकारले नेपाली सेनाको सहायक रथीको विशेष पदमा यमबहादुर अधिकारीको दोस्रो पटक पदावधि थप गरेको छ । 

पूर्वमाओवादी लडाकु अधिकारी सेना समायोजनअन्तर्गत नेपाली सेनामा प्रवेश गरेका थिए । 

Dabur Nepal
NIC Asia

मन्त्रिपरिषद्को गत साता बसेको बैठकले सहायक रथीको विशेष पदमा अधिकारीको दोस्रो पटक पदावधि तीन वर्षको लागि थप गर्ने निर्णय गरेको हो । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री रहेको बेला अहिले उनको पदावधि दोस्रो पटकको लागि थप गरिएको हो ।

यसअघि सहायक रथी अधिकारीको पदावधि विशेष पदमा चार वर्षको लागि थप गरिएको थियो । 

“नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत सहायक रथी यमबहादुर अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति २०८० भाद्र ३१ गतेबाटै लागु हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोश्रो पटक तीन वर्षको पदावधि थप भएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ । 

पदावधि थपसम्बन्धी नियमित प्रक्रिया अनुरुप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको दाबी सेनाले गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro