site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार ४४.३४ अंकले बढ्यो, तीन अर्ब २९ करोडको कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४४.३४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

यसदिन तीन अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । गत मंगलबार भने एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचक २.२३ प्रतिशतले वृद्धि भएर २०२९.७८ विन्दुमा बन्द भएको छ ।

यस दिनको कारोबारमा नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर स्वाभिमान लघुवित्त वित्तीय संस्था रहिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएकहो हो ।  

कारोबारमा आएका धितोपत्रहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको २० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये १३ वटै समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक बढ्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ५.३१ प्रतिशतले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro