site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बढेको सेयर बजारमा इमर्जिङ नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १६.२४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

यस दिन एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार ८७ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज नेप्से परिसूचक १९८५.४३ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.६४ प्रतिशतले वृद्धि भएर ३८१.१७ विन्दुमा बन्द भएको छ ।

इमर्जिङ नेपाल लिमिटेडका सेयरधनीले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ८४ रुपैयाँ ४० पैसा गुमाएका छन् । प्रतिशतमा हेर्दा यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घटेर ९७० रुपैयाँ कायम भएको छ ।

Global Ime bank

शुभम् पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको एक अर्ब ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन र व्यापारको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक ०.०९ पतिशतले घटेको छ । व्यापार समूहको परिसूचक ०.९३ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक बढ्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement