site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेपालमै पहिलोपटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ
Ghorahi CementGhorahi Cement

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ ।

कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।

Dabur nepal
Agni Group

बहुउपयोगी र स्वस्थका हिसावले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ । 

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्ट नूडल्सको उपभोक्ता मूल्य रू.२५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रू. २० रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu