site stats
बाह्रखरी :: Baahrakhari
कला
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अस्करका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औँ संस्करणका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित ‘हल्कारा’ सिफारिस गरेको हो ।

समितिको सोमबार बसेको बैठकबाट प्राप्त फिल्ममध्ये ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ ।

Dabur nepal
Agni Group

समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक चलचित्रकर्मीलाई गएको भदौ २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । त्यसानुसार ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’का तर्फबाट सहभागिताका लागि आवेदन दिइएको थियो ।

समितिले प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण, कलात्मकतालगायत पक्षको अध्ययन गरी ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

अस्कर अवार्ड मार्च १० का दिन लस एन्जल्सको डल्बी थिएटरमा आयोजना हुँदै छ । नेपालमा राजु केसीको अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मन्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना र रीतिका भट्टराई सदस्य छन् ।

afd-1695035950.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro