काठमाडौं । नबिल बैंकले २६५औँ शाखा सोलुखुम्बुको नाम्चेमा विस्तार गरिएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितिमा बैंकको शाखा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा व्यवसाय विस्तार मात्रै नभएर नबिल बैंक समुदाय स्तरमा काम गर्ने बताए । प्रमुख अतिथि शेर्पाले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।
नबिल बैंकका सीईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।