देश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ ।
सोमबार (भोलि) तिजको अवसरमा पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।
रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ उत्पादन, बिक्री–वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० ०८:०७
प्रतिक्रिया दिनुहोस्