site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘फ्रान्सेली राजदूतलाई नाइजरमा बनाइयो बन्धक’

पेरिस । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अरू फ्रान्सेली कूटनीतिज्ञलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् ।

गएको जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःसर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड  दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनाइएका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताएका छन् । सैन्य विद्रोहबाट सत्ताकब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्कासन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

Dabur Nepal
NIC Asia

नाइजरको शान्ति सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ताकब्जा गरेको दिनदेखि नै आग्रह गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहोर्‍याउँदै आएको छ ।

राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति म्याक्रोँले बाजुमसँगको सहमतिअनुसार गर्ने बताए । उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको उनले उल्लेख गरे । नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहोर्‍याउँदै उनले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे ।

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टेले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन्, त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि, उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् ।

फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीसँग छलफल गरिरहेको बताइएको छ । सैनिक विद्रोहपछि नाइजरका नागरिकमा फ्रान्सविरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउन सक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक पूर्वफ्रान्सेली राजदूतले बताएका छन् ।

आफ्ना एक छोरा र श्रीमतीका साथ सैनिक हिरासतामा रहेका राष्ट्रपति  बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उनको पार्टीले जनाएको छ ।

हिरासतमा कष्टकर जीवन बिताइरहेका उनले कठोर संघर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन स्वतन्त्रताका पक्षधर सबै नाइजरवासीलाई आह्वान गरेका छन् । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro