site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भए : अध्यक्ष अग्रवाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्ने गरेकाले उद्योगी त्रासमा रहेको बताएका छन् । शुक्रबार परिसंघले आयोजना गरेको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी हैरानीमा परेको बताए ।

"सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन्," उनले भने, "उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठिक हो । तर, जे मा पनि हतकडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।" 

Prabhu Bank
Agni Group
NIC Asia

आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै अध्यक्ष अग्रवालले त्यसतर्फ सरकारको ध्यान हुनुपर्ने बताए ।

"आमजनताले गणतन्त्र र लोकतन्त्रमात्र हैन सबल अर्थतन्त्र चाहेका छन् । बजेटको सफल कार्यान्वयले मात्र विकास सम्भव छ," उनले भने । 

Global Ime bank

अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको उनको भनाइ छ । नियमन निकायले भ्रम सिर्जना गर्ने काम गरेकाले पनि समस्या निम्तिएको अग्रवाल बताउँछन् । 

"अर्थतन्त्रलाई डिप्रेसनमा जानबाट रोकौँ प्रधानमन्त्रीज्यू, पूर्वधार क्षेत्रमा सरकारी खर्च बढाउनुपर्‍यो अनि मात्र बजारमा पैसा आउँछ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय