site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी समायोजनलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने मन्त्री श्रेष्ठको चेतावनी 

काठमाडौं । वाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् । 

शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै सरकारले तोकेको समयमा प्रहरी समायोजन नहुने भएपछि सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने चेतावनी पनि दिएका हुन् । सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने भनि गरेको प्रतिबद्धता जनाएको थियो । 

मन्त्री श्रेष्ठले वाग्मती प्रदेशका प्रहरीहरूलाई अत्याधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजाने बताए । 

“हाम्रो देशका प्रहरीहरूलाई नागरिकमैत्री बनाउने कुरामा लागिरहेका छौँ । तर, एउटा हातले मात्र ताली बज्दैन । नागरिकहरू पनि प्रहरीमैत्री बन्न सक्नुपर्छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu