site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको भ्रमण टोलीबाट मुख्यसचिव र सुरक्षा सल्लाहकार हटे, चिकित्सक पनि नलाने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलको सूचीबाट मुख्यसचिव डा. बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास वैरागीको नाम हटाइएको छ ।

प्रतिनिधिमण्डलाई चुस्त बनाउन अर्याल र वैरागीकै अनुरोधमा उनीहरुको नाम हटाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार अब नेपालबाट अमेरिकाको न्युयोर्कमा हुने राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन जाने नेपाली प्रतिनिधिमण्डलमा मात्र नौजना हुनेछन् ।

प्रधानमन्त्रीले प्रतिनिधिमण्डल सूचीबाट आफ्नो निजी चिकित्सकको नाम समेत हटाएको स्रोतले बतायो । यसअघि, न्युयोर्क जाने सूचीमा मुख्यसचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार र निजी चिकित्सकको नाम राखिएको थियो ।

Global Ime bank

मुख्यसचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूले सम्बोधन गर्ने कार्यक्रम नरहेको जानकारी पाएपछि उनीहरु आफैले आफ्नो नाम हटाउन सुझाव दिएका थिए । त्यसपछि उनीहरुको नाम प्रतिनिधिमण्डलबाट हटाइएको हो ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते साँझ न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनको ट्रान्जिट दोहामा रहेको छ ।

प्रधानमन्त्रीको न्युयोर्क जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरत राज पौड्याल, परराष्ट्रको यूएन महाशाखाकी प्रमुख तथा सहसचिव सेवा लम्साल, शिष्टाचार महापाल दिलिप कुमार पौडेल, एकजना शिष्टाचार अधिकृत, प्रधानमन्त्रीका दुईजना सुरक्षाकर्मी र एकजना पत्रकार रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको न्युयोर्कबाट सिधै चीन जाने कार्यक्रम रहेको छ । उनको चीन भ्रमण असोज ६ गतेदेखि सुरु हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय