site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फुटबलप्रेमी नेम्वाङले भनेका थिए– मेस्सीले विश्वकप जित्छन्

काठमाडौं । कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पीएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पीसएजीको फुटबल हेर्छु । जे होस्, यो पालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।” 

नभन्दै भयो पनि त्यस्तै । गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउँथे । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडीमा पर्थे । 

नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा थियो । त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो । यो विसं २०७८ असारतिरको कुरा हो । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए, नेम्वाङ ।

घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो बेला सञ्चारकर्मीसँग भनेका थिए, “बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घन्टादेखि प्रयत्न जारी छ, छलफल सकारात्मकरूपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु ।”

सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्यान्ड र इटाली भिडेका थिए । इङ्ल्यान्डलाई पराजित इटालीले युरोकप जित्यो । सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाए या भएन, त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो । सोही दिन १० बुँदे सहमति त भयो । यद्यपि एमालेको विभाजन भने रोकिएन । 

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले । पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्थे । पार्टी र राजकीय कामको चटारोमा पनि उन राष्ट्रिय/अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्थे । 

विद्यालय उमेरबाटै उनी फुटबलमा आकर्षित थिए । सञ्चारकर्मीसँगको कुराकारीमा उनले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउने गर्थे । 

काठमाडौं आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्थे । पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उनका लागि कहिल्यै बिर्सन नसक्ने क्षणकारूपमा रहेको थियो । संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उनले फुटबल हेर्ने गर्थे ।

विश्व फुटबलमा उनलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो । जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए । दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पीएसजी गएपछि आफ्नो रोजाइ पनि पीएसजी हुन पुगेको नेम्वाङले बताउँथे । राति १२–१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनले सुनाउँथे ।

कुशल राजनीतिज्ञको छवि बनाएर एकाएक अस्ताएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गर्थ्यो । 

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति काठमाडौंमा निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उन एमाले संसदीय दलको उपनेतासमेत थिए । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा सधैँ चिनिनुभयो । 

विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मिएका उनी संविधान र कानूनका ज्ञातासमेत थिए । राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापिन गर्नमा अगुवाइ गर्ने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित भएका थियो । दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro