site stats
बाह्रखरी :: Baahrakhari
देश
सेवाग्राहीसँग एक लाख घुस लिने प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिंहले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । सिंहसँग एक लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त गरेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्