site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रमेश लेखकको नजरमा नेम्वाङ : सहमतीय राजनीतिका ‘आइकन’

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुवास नेम्वाङ सहमतीय राजनीतिका लागि ‘आइकन’ भएको बताएका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको छ ।

नेम्वाङको निधनमा गहिरो दुःख व्यक्त गर्दै लेखकले आफूले परिवारको सदस्य गुमाएको उल्लेख गरे । बाह्रखरीसँग कुराकानी गर्दै उनले नेम्वाङ दुई–दुईपटक भएको संसद् विघटनको पक्षमा नभएको बताए ।

नेम्वाङबारे लेखकको भनाइम स्तब्ध भएको छु । मेरो घरपरिवारकै एक सदस्यको अनुपस्थिति भएको मैले अनुभूति गरेको छु । यत्तिको सालिन, भद्र र विनम्र र सबैलाई मिलाएर जानुपर्छ भन्ने खालको नेता भेट्न गाह्रो हुन्छ । उहाँको निधनले अपूरणीय क्षति भएको छ ।

मेरो उहाँसँग धेरै लामो सम्बन्ध रह्यो । हामीले लामो समयसम्म नजिक भएर काम गरेका छौँ । आफ्नो पार्टीको कुरामा पनि उहाँको त्यत्तिकै योगदान छ । मुलुकलाई पनि त्यत्तिकै योगदान छ भने अरू पार्टीका विषयमा पनि सबैलाई मिलाएर हिँड्ने क्षमता भएको मानिस हो उहाँ ।

संविधानसभा अध्यक्ष भएर पनि उहाँले संविधानसभाभित्र पनि हमेसा उहाँको भूमिका मिलाएर जानुपर्छ भन्ने नै भयो । अत्यन्त जटिल, धेरै अप्ठ्यारो समयमा पनि उहाँ कहिल्यै बिचलित हुनुभएन । बरू समय लागे पनि सबैलाई मिलाएर संविधान बनाउने हो भन्ने कुरामा दृढ प्रतिवद्धता रह्यो । त्यसको फलस्वरूप सहमतिमै संविधान टुंगिएको हो ।

उहाँसँग त्यो बेला पनि प्रायः दिनहुँ भेट हुन्थ्यो । उहाँले सबै नेतालाई एक ठाउँमा राख्नुपर्छ, यो व्यवस्था जोगाउन र संविधान बनाउनका लागि सहमतिमा जानुपर्छ र सहमतिमै यो कुरा टुंगो लगाउने पक्षमा छु भन्नुहुन्थ्यो । सहमतीय राजनीतिका लागि आइकन नै हो उहाँ । उहाँको अवसानले मुलुकलाई ठूलो क्षति पुर्याएको छ ।

उहाँ संसद् विघटनको पक्षमा हुनुहुन्थेन । मेरो धेरै कुरा भएको छ उहाँसँग । अहिलेलाई म त्यत्तिमात्र भन्छु कि उहाँ पार्टीको अनुशासन र मान्यताभित्र बस्नुपर्ने एउटा परिस्थिति थियो । तर, उहाँ विघटनको पक्षमा हुनुहुन्थेन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro