site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी प्रदेश अन्तर्गतका पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिन लागेको छ ।

संगठन विस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकले कोसी प्रदेशका १३७ वटै पालिका गठन, पुनर्गठनका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

जिम्मेवारी प्राप्त केन्द्रीय समितिका सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार प्रशिक्षण दिन लागिएको हो ।

इटहरीस्थित पार्टीको प्रदेश कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कोसी प्रदेशका इन्चार्ज रकम चेम्जोङ लगायतले प्रशिक्षण दिने छन् । प्रशिक्षण बिहान ११ बजे सुरु जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro