site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनएफपीएका नेपाल प्रतिनिधिबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो ।

नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औँ योजनाको विषयमा चासो राखेकी थिइन् । साथै, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा यूएनएफपीएको सहयोग रहने बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्ष श्रेष्ठले यूएनएफपीएले हालसम्म पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तर्राष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् ।

Global Ime bank

नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका यूएनएफपीए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय