site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओ निष्कासन गर्न दुई कम्पनीले दिए बोर्डमा निवेदन

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न दुई जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले भदौ ५ गते र भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भदौ १३ गते आवेदन दिएका हुन् ।

दरम खोला हाइड्रोले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Dabur Nepal

भुजुङ्ग हाइड्रोपावरले पाँच लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यी कम्पनीले बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएपछि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँड गर्नेछ । त्यसपछि मात्र सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro