site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जोकोभिच बने यूएस ओपन जित्ने सबैभन्दा पाका खेलाडी

काठमाडौं । यूएस ओपनको फाइनलमा ड्यानियल मेड्भेडेभलाई हराउँदै नोभाक जोकोभिचले कीर्तिमानी २४औँ पटक ग्रान्डस्लामको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा सर्वियाका ३६ वर्षीय स्टार जोकोभिचले रुसका मेड्भेडेभलाई ६–३, ७–५ (५), ६–३ को सेटमा हराउँदै दशौँपटक यूएस ओपनको उपाधि जितेका हुन् । यो उपाधिसँगै जोकोभिच यूएस ओपनको उपाधि जित्ने सबैभन्दा पाका खेलाडी बने ।

यसअघि, यो कीर्तिमान अस्ट्रेलियाका पूर्वटेनिस स्टार केन रोसवेलको नाममा थियो । उनले सन् १९७० मा ३५ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेका थिए ।

जोकोभिच ओपन ग्रान्डस्लामको इतिहासमा २४ उपाधि जित्ने पहिलो पुरुष खेलाडी बने । उनी पछि रहेका राफेल नाडालले २२ उपाधि जित्दा रोजर फेडेररले २० उपाधि जितेका छन् ।

नाडाल जनवरीयता चोटका कारण कोर्टमा उत्रिएका छैनन् । यस्तै, फेडेररले भने गत वर्ष नै टेनिस र्याकेट झुन्ड्याउने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro