site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहुप्रतिक्षित टियागो ईभीको बुकिङ खुला, यसरी गर्न सकिन्छ अर्डर

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित टियागो ईभीको बुकिङ्ग खुला गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीले घरमै बसेर अनलाइनबाट गाडी बुक गर्न सकिने बताएको छ ।

टियागो ईभीमा गएर आफ्नो नाम दर्ता गराई वा नेपालभर रहेको टाटा मोटर्सको सोरुममा गएर बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।

मंगलबारदेखि सुरु हुने १५औँ टाटा मोटर्स जेनुइन आयल 'नाडा अटो शो २०२३' टाटा टियागो ईभी मूल्यसहित सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

ग्राहकले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटो शोमा टाटा मोटर्सको स्टल नम्बर ए३ मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सक्नेछन् ।

नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ । टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी भएकाे र भारतीय ईभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडी भएकाे कम्पनीकाे दाबी छ ।

नेपालमा टाटा टियागो ईभी ५ वटा भेरियन्ट र ४ वटा कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोडसहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडीसी रेञ्ज २५० देखि ३१५ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro