site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास जग्गा प्रकरण : कोसित कति मागियो धरौटी ? (सूचीसहित)

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सात दिन लामो थुनछेक बहसपछि यस्तो आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

अभियुक्त केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यस्तै, विनोदप्रसाद पौडेलसित १५ लाख, कलाधर देउजासित १५ लाख, रुद्रकुमार श्रेष्ठसित सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसित पनि सात लाख ५० हजार रुपैयाँ धरौटी रकम माग गरिएको छ ।

यसैगरी, घमनकुमार कार्कीसित सात लाख ५० हजार, गोपाल कार्कीसित सात लाख ५० हजार, योगराज पौडेलसित सात लाख ५० हजार, नारायणराज मिश्रसित समेत सात लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

अरुणकुमार श्रेष्ठसित सात लाख ५० हजार, लोकहरि घिमिरेसित सात लाख ५० हजार, शिवजी भट्टराईसित तीन लाख ३० हजार, ध्रुवप्रसाद अर्यालसित तीन लाख ३० हजार र बाबुराजा महर्जन, सञ्जय महर्जन, देवनारायण महर्जन र सकलानन्द महर्जनसित जनही एक लाख १० हजार रुपैयाँ धरौटी रकम लिएर रिहा गर्न आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro