site stats
बाह्रखरी :: Baahrakhari
खेल
११औँ कोरियन एम्बास्डर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ भदौ अन्तिम सातादेखि सुरु हुने

काठमाडौं । दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने ११औँ कोरियन एम्बास्डर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ भदौ अन्तिम सातादेखि सुरु हुने भएको छ ।

संघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ २७ देखि ३१ गतेसम्म सातदोबाटोमा हुने जानकारी दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुम्से र ग्यरोगी गरी कुल ५५ स्वर्णका लागि प्रतियोगितामा एक हजार ६६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुम्सेतर्फ २५ र ग्यरोगीतर्फ ३२ स्वर्णपदकमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता यस संस्करणमा भारत र बंगलादेशका खेलाडी पनि सहभागी हुने आयोजकले जनाए । प्रतियोगिता आयोजनाका लागि ३५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ । प्रतियोगिताका लागि सहआयोजक रहेको दक्षिण कोरियाली दूतावासले पाँच हजार डलर सहयोग गरेको छ ।

प्रतियोगिताको सफल आयोजनाका लागि संघले उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति समेत गठन गरिएको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्