site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पहिलोपटक एक लाख २६ हजार रुपैयाँ कमाउँदै छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
Sarbottam CementSarbottam Cement

पोखरा । शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा ड्रुक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्ने छ ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट केही नेपालीसहित पोखरामा सम्पन्न भइसकेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको उक्त चार्टर्ड विमान रित्तै फर्किएको थियो ।

ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ । विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट पहिलोपटक आम्दानी गर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सञ्चालनमा आएको करिब आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो ।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार ड्रुक एयरले चार्टर्ड अवतरण गर्ने छ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

Global Ime bank

करिब एक घण्टामा पोखराबाट ४२ जना यात्रु लिएर विमानले पारोका लागि उडान भर्ने छ । ती ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी हुने छ । जुन एक लाख २६ हजार हुन्छ ।

कर्ण भन्छन्, “एकजना उड्दाखेरि तीनहजार बुझाउँछन् । अर्को चाहिँ ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो ।”

पोखराबाट पारोका लागि उडान भर्दा यात्रुहरू भने सबै विदेशी हुने छन् । विभिन्न युरोपेली देशका यात्रुहरू भुटानका लागि उडान भर्ने छन् ।

विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने हुने छैन ।

ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानका लागि गत भदौ ११ गते प्राधिकरणसँग अनुमति मागेको थियो । प्राधिकरणले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो–पोखरा–पारो दैनिक नियमित उडान गर्ने जनाएको छ । नियमित सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने कम्पनीको योजना छ ।

नियमित उडान भएमा भुटानबाट आएको विमानले पोखरा आएर यात्रु थपघट गर्न सक्छ र दिल्ली एयरपोर्टसम्म जान सक्छ । त्यस्तै, दिल्लीबाट उडान थालेको विमानले पोखरा आएर यात्रु थपघट गरेर भुटानको पारोसम्म जान पाउँछ ।

एयरलाइन्सले हाल पारो–काठमाडौं सातामा सातवटा नियमित उडान गर्दै आएको छ । 

यता पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्ने बताएका छन । प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्रीको भ्रमण कार्यक्रममा पोखराका उद्योगी व्यवसायीले चीनको ऋण सहयोगमा बनेको विमानस्थललाई नै प्राथमिकता दिएर नियमित उडान गराउनुपर्नेतर्फ पहल गर्नुपर्ने बताएका छन् ।
गत साता पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्रीलाई व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा नै भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

आफूहरूले प्रधानमन्त्रीले चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो एजेन्डामा राख्नुपर्ने बताएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए ।

उनले भने, “विमानस्थल सञ्चालनको विषय प्रधानमन्त्रीले एजेन्डा बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।  विमानस्थलको ऋण तिर्न मात्र होइन, हाम्रो पर्यटन बजार जोगाउन पनि पोखरा–चीन सिधा उडान आवश्यक छ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको हो । विमानस्थल बनाउँदा लागेको ऋण तिर्न सरकारले वार्षिक झन्डै एक अर्ब रुपैयाँ किस्ता तिर्नुपर्ने मुल्मीले बताए । ऋण सम्झौताअनुसार २६ किस्तामा ऋण तिरिसक्नुपर्ने छ ।

चिनियाँ पर्यटक र लगानीकर्ता पोखरामा आकर्षित गर्न पनि विमानस्थल सञ्चालन गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । सरकारले विमानस्थल सञ्चालनमा ल्याउने र नेपालमा २०–२५ लाख पर्यटक ल्याउने उद्घोष गर्दा व्यवसायीले थपेको लगानी अहिले जोखिममा पुगेको उनले बताए ।

यस्तै, यही हप्ता पोखरा आएका अर्थमन्त्री प्रकाशशरण महतलाई पनि उनीहरूले विमानस्थलको बारेमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न सके अर्थतन्त्रलाई टेवा पुग्ने भन्दै अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय