site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबल : नेपालको पहिलो रोजाई सार्वजनिक 
फाइल तस्बिर

काठमाडौं । म्यानमारसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाई सार्वजनिक गरेका हुन् । 

म्यानमारस्थित थुवुन्न रंगशालामा हुने खेल नेपाली समयअनुसार आज ४ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।

नेपाली टिम : 

किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिष श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, लाकेन लिम्बू, आवास लामिछाने, जिलेस्पीजँग कार्की, आशिष चौधरी, अञ्जन बिष्ट, आयुश घलान र मनिष डाँगी ।

playing-11-1694167111.png

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro