site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
बोर्डले ‘एक भगवत् गीता’लाई सेन्सर अनुमति दिएन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’लाई सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेको छ । निर्माण पक्षले सिफारिस दिन माग गरे पनि बोर्डले भने अस्वीकार गरेको हो ।

केही आध्यात्मिक संस्थाहरूले ‘एक भगवत् गीता’को नाममा प्रश्न उठाउँदै आएका थिए । हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले नाम र यसभित्र रहेका विषयमा आपत्ति जनाउँदै बोर्डमा निवेदन दिएका थिए ।

Agni Group
NIC Asia

उक्त संस्थासहित सिनेमाको निर्माण पक्षबीच बोर्डको पहलमा छलफल भएको थियो । छलफलमा हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले निर्माण पक्षसँग स्क्रिप्ट माग गरेका थिए । निर्माण पक्षले सिनेमाको स्क्रिप्ट पनि उपलब्ध गराएको थियो ।

“हाम्रो सिनेमामा रहेका केही विषयमा विरोधमा रहेका संस्थाले आपत्ति जनाएपछि बोर्डले सेन्सरका लागि सिफारिस नदिएको हो,” ‘एक भगवत् गीता’का निर्माता सुनीलकुमार थापाले बाह्रखरीसँग भने ।

Global Ime bank

बोर्डले सिफारिस नदिएसम्म चलचित्रको सेन्सर हुँदैन । यसबारे आजै अपराह्न ४ बजे निर्माण पक्षले चलचित्र विकास बोर्डमै आकस्मिक पत्रकार सम्मेलन गर्दै छ । 

‘एक भगवत् गीता’ यही भदौ २९ गते रिलिज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu