site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच छलफल भएको छ ।

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् ।  

परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए ।

उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटन लगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्‍याउन सहयोग गर्न पनि उनले आग्रह गरे ।

अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिनेगरी काम गर्न लागेकोसमेत राजदूत सोङलाई जानकारी गराए ।

सो अवसरमा चिनियाँ राजदूत सोङले चीन र भारतको बीचमा भएर सानो देखिएता पनि नेपाल सानो मुलुक नभएको बताए । नेपालसँग भएको आफ्नो उर्जा र स्रोतमार्फत विकास गर्न सक्ने भन्दै उनले दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए ।

उनले उर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने सुझाव दिए । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको बताइएको छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरु छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro