site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हेलो सरकार’मा एकै दिन ३११ गुनासो, सामाजिक सञ्जालमा बढी

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ मा आज एकै दिन ३११ वटा फोन आएको छ ।

पोर्टलमा आएका र पोर्टलमार्फत् आएका २०० गुनासो सम्बन्धित निकायमा पठाइएको छ । आज आएको गुनासोमध्ये ५५ वटा फछर्यौट भएको जनाइएको छ ।

श्रम ऐन २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिले न्यूनतम पारिश्रमिक नपाएको गुनासो धेरै आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

महंगी बढेको, ग्याँसको भाउ बढेको, सडकमा खाल्डाखुल्डी भएकोदेखि लम्पी स्किन रोगको नियन्त्रणको माग गरेका छन् ।

विश्वस्तरीय क्रिकेट रंगशाखाको बजेट विनियोजन, कीर्तिपुर रंगशालामा फ्लड लाइट छिटो राख्न सुझाव दिएका छन् ।

बाँदरको समस्याले गाउँबाट पलायन हुने अवस्था सिर्जना भएकाले समाधानका लागि अनुरोध गरेको छ ।  

गुनासोहरू भाइबर, फोन, वेवपोर्टल तथा अन्य सामाजिक सञ्जालमार्फत् आएका छन् ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गरिएको छ ।

सामाजिक सञ्जालमा गुनासोको संख्या अत्याधिक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro