site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दाइ–भाउजूले मात्र भनेको मान्ने कार्यकर्ता कायर हुन्, दास हुन् : अर्जुननरसिंह केसी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हावी भएको बताएका छन् ।

मंगलबार पार्टीको चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीमा मौलाएको नातावादको विकृत रुपले पार्टी उँभो नलाग्ने भन्दै कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको बताए ।

“पार्टीका दाइ–भाउजूले भनिसके, अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् । यिनीहरुबाट पार्टी उँभो लाग्दैन,” उनले भने ।

नेता केसीले कांग्रेस आफ्नै आन्तरिक कारणले कमजोर भएको स्पष्ट पारे । अरु पार्टी कमजोर भएको फाइदा उठाएर कांग्रेस बलियो नहुने भन्दै उनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएकाले पार्टी यस्तो स्थितिमा पुगेको धारणा राखे ।

उनले पछिल्लो समय धार्मिक द्वन्द्व बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।

“हामीले बुझ्नु पर्छ, जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् । तसर्थ, यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिष्णुता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ,” उनले भने ।

उनले चर्चित भ्रष्टचारका काण्डहरू वाइडबडी, यती, ओम्नीसम्मका काण्ड छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro