site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कप्तान रोहित भन्छन्– एसिया कपमा राष्ट्रको नेतृत्व गर्न पाउनु सम्मान र आनन्दको अनुभूति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप–२०२३ मा राष्ट्रको नेतृत्व गर्न पाउएर सम्मान र आनन्दको अनुभूति भएको बताएका छन् ।

नेपालले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा पहिलोपटक छनोट भएको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटको हार बेहोरेको थियो ।

प्रतियोगितामा यात्रा समाप्त भएपछि रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा टिमले उत्कृष्ट प्रदर्शनको प्रयास गरेको बताए ।

“राष्ट्रको नेतृत्व गर्दै एसिया कपमा सहभागी हुनु आफैँमा सम्मान र आनन्दसहितको एउटा ठूलो अनुभूति हो,” रोहितले लेखेका छन्, “यस प्रतियोगितामा हामीले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्‍यौँ र यात्रा जारी छ । हामी आगामी प्रतियोगितामा यो भन्दा अझ उत्कृष्ट प्रदर्शन गर्ने छौँ । यो अविश्वसनीय यात्रामा तपाईंको साथ, समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद ।”

श्रीलंकाको क्यान्डीमा आफ्नो दोस्रो खेल खेलेको नेपाल बुधबार स्वदेश फर्किंदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro