राजनीति
काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा भएको निर्वाचनमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् । एक हजार चार प्रतिनिधिमध्ये ६६५ जनाले मात्रै मतदान गरेका छन् ।
निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले ६६५ जनाले मतदान गरेको जानकारी दिए । जुन् कुल प्रतिनिधिको ९६ प्रतिशत हो ।
शनिबार उद्घाटन भएको अधिवेशनमा अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा भएको छ ।
सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । सचिवबाहेक अरु पदाधिकारी र ४ जिल्लाको भागमा परेको सदस्यमा चुनाव भएको हो ।
मतगणना अब केही बेरमा सुरु गरिने भण्डारीले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १५:०९
प्रतिक्रिया दिनुहोस्