site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रचण्डको चीन भ्रमणअघि भारतले गर्‍यो महत्त्वपूर्ण निर्णय
गएको जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरेका बेलाको दृश्य । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको सम्मुखमा भारतले नेपालको हितमा महत्त्वपूर्ण निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद्को बैठकबाट आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

योसँगै नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया खुला भएको छ । “आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्न भारतको मन्त्रिपरिषद्को स्वीकृतिले नेपालमा विद्युत् विकासको नयाँ मार्गचित्र निर्माण गर्ने बाटो खुलेको छ,” भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बाह्रखरीसित भने ।

प्रधानमन्त्री प्रचण्डले गएको जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको थियो ।

Dabur Nepal
NIC Asia

नेपाल र भारतको प्रतिनिधिमण्डलस्तरीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै उक्त सहमति भएको घोषणा गरेका थिए । त्यसको तीन महिनापछि भारतको मन्त्रिपरिषद्को बैठकबाट सहमतिलाई स्वीकृति प्रदान गरिएको हो ।

“यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्छ,” राजदूत शर्माले भने ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा रहेका बेला भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृति गरेको हो । आउँदो असोज ६ गतेदेखि उनले चीनको औपचारिक भ्रमण गर्नेछन् । भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन जानेछन् । उनी सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

त्यसपछि बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणमा केही महत्त्वपूर्ण जलविद्युत् र विद्युत् प्रसारणलाइनसम्बन्धी एजेन्डा समावेश गरिने बताइसकेका छन् ।

“विशेष गरेर चीनको सीमाक्षेत्रमा भएका, किमाथांकातिर भएका केही हाइड्रो प्रोजेक्टहरूमा चिनियाँ लगानी आकर्षित गर्ने हामी सोचिरहेका छौँ । केही ट्रान्समिसन लाइनहरू विकास गर्ने कुरामा पनि छलफल भइरहेको छ,” परराष्ट्रमन्त्री साउदले सोमबार एक कार्यक्रममा भनेका थिए ।

चीनको सहयोगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद नगर्ने भारतले यसअघि नै स्पष्ट पारिसकेको छ । भारतीय सहयोग एवं भारतीय कम्पनी र नेपालको लगानीमा निर्मित आयोजनाबाट उत्पादित विद्युत् मात्र खरिद गर्ने भारतको रणनीति छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu